Aamsanchar

नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता

Author Image
शुक्रवार, जेठ ७, २०७३

nayasakti-2-660x330

 

काठमाडौँ ।

नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ ।

पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ । “एक लाख संस्थापक सदस्यको सहभागितामा हुने भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रम हुनेछ”, पार्टीका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो ।

उहाँले एकीकरण नभई ध्रुवीकरण अहिले मुलुकको आवश्यकता भएको बताउनुभयो । डा भट्टराईले भन्नुभयो, “एकीकरण पुरानै कुरालाई जोड्ने र ध्रुवीकरण भनेको जगैदेखि नयाँ सिर्जना गर्ने भएकाले ध्रुवीकरणका पक्षमा हामी छौँ, नेपाली इतिहासले नयाँ विचार खोजेकाले ध्रुवीकरण अहिले आवश्यक भएको छ”– भन्नुभयो ।

राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवम् आन्तरिक सङ्गठनको आधार तथा विधानलाई जेठ ११ र १२ गते बस्ने सचिवालयको बैठकले अन्तिम रुप दिई सबैको सुझावका लागि सार्वजनिक गरिने पनि उहाँले जानकारी दिनुभयो । नयाँ राजनीतिक धार एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने गरी विचार ल्याउन लागिएको पूर्वप्रधानमन्त्री डा भट्टराईले बताउनुभयो ।

भेला सम्पन्न गर्न १४ उपसमिति गठन गरिएको नेता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर