Aamsanchar

मनासलु पदमार्गमा पहिरो, १ बिदेशीसहित ४ को मृत्यु

Author Image
बिहिवार, असोज ६, २०७३

काठमाडौं ।

sagarmatha1

मनासलु पदमार्गमा बिहीबार बिहान गएको पहिरोमा परि १ बिदेशी पर्यटकसहित ४ जनाको मृत्यु भएको छ । पहिरोमा परि ६ जना घाइते भएका छन् ।

मनासलु पदमार्ग पर्ने गोरखाको केरौंजा गाविस ९ दोभानमा बिहान ८ बजेतिर झरेको पहिरोमा परि एकजना स्पेनिस नागरिक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी जनकराज पाण्डेले जानकारी दिए ।

मृत्यु हुनेमा एकजना स्पेनिस पर्यटकको सनाखत भएको छैन । त्यस्तै नेपालीहरू काठमाडाै गोकर्ण बस्ने दोर्जे लामा र छिरी शेर्पा तथा अोखलढुंगाकी रञ्जना बस्नेतको मृत्यु भएको एसपी पाण्डेले जानकारी दिए ।

पहिरोमा परि घाइते भएका ६ जनाको उद्दार गरी फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडाैं पठाइएको एसपी पाण्डेले जानकारी दिए ।

पहिरोको जानकारी अाएपछि माथीखोला प्रहरी चाैकी र जगत प्रहरी चाैकीका प्रहरी घटनास्थल पुगेर पीडितको उद्दार गरेका थिए । उनीहरूलार्इ थप सहयोग गर्न इलाका प्रहरी चाैकी अारूघाटका प्रहरी पनि घटनास्थलतर्फ पुगेको छ एसपी पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर