Aamsanchar

‘हरियो वन नेपालको धन’

Author Image
शुक्रवार, असोज ७, २०७३

काठमाडौँ।

1474600946ghunsa

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परी जीवन गुमाउनुभएका पूर्व वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईलगायत वन र संरक्षण क्षेत्रका २४ जनाको स्मृति दिवस मनाइएको छ ।

राष्ट्रिय सहिद तथा शान्ति स्मारक गोकर्ण र गोपाल–मीना राई प्रतिष्ठानले आज गोकर्णस्थित सहिद स्मारक निर्माण स्थलमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सांसद रामेश्वर फुयाँलले वन, वातावरण र संरक्षण क्षेत्रका २४ विज्ञलाई एकै पटक गुमाउँदा अपूरणीय क्षति पुगेको बताउनुभयो ।

‘हरियो वन नेपालको धन’ भन्ने उक्तिलाई सिद्ध गर्न लागिपर्नुभएका व्यक्तित्वलाई एकै पटक गुमाउनुपर्दा नेपाललाई मात्र नभई विश्वकै संरक्षण क्षेत्रमा रिक्तताको महसुस भयो, त्यो रिक्ततालाई पूर्ति गर्नु नै उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हो”– उहाँले भन्नुभयो ।

स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले संरक्षण क्षेत्रका व्यक्तित्वको सम्मानमा गोकर्णमा घुन्सा स्मृति स्मारक निर्माण भइरहेको जानकारी गराउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष लेखकुमार राईले घुन्सा दुर्घटनामा जीवन गुमाएका संरक्षणविद्प्रति सच्चा श्रद्धाञ्जलिका लागि काठमाडौँ उपत्यकाका थुम्का र जङ्गलको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

स्मारकका सदस्य सचिव गोविन्दबहादुर श्रेष्ठ, कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य छिरिङ लामा र युनिभर्सल पिस फेडेरेसनका महासचिव विनोद डाँगीले संरक्षणविद्प्रति सच्चा श्रद्धाञ्जलिका लागि हरियो वन नेपालको धन भन्ने उक्तिलाई चरितार्थ गरिनुपर्नेमा जोड दिनुभयो ।

विसं २०६३ असोज ७ गते सामुदायिक वनको कार्यक्रममा ताप्लेजुङ जाँदा मौसमको खराबीका कारण तत्कालीन राज्यमन्त्री राई, उहाँकी श्रीमती मीना, डा हर्क गुरुङ, चन्द्रमान गुरुङ, विश्वमै बाघ संरक्षणका राजा भनेर चिनिनुहुने तीर्थमान शाक्य लगायत २४ संरक्षणविद्को निधन भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर