Aamsanchar

उद्यमीमूलक शिक्षा आवश्यक ः शिक्षा मन्त्री

Author Image
शनिवार, जेठ ८, २०७३

सिन्धुली ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक नीति परिवर्तन गर्न अब देशका ७५ वटै जिल्लामा जनउपयोगी शिक्षा सम्मेलन गर्ने बताउनुभएको छ ।

जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जिल्लाको शैक्षिकस्तर उकास्न आयोजना गरेको शैक्षिक अन्तक्र्रिया तथा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले देशलाई समृृद्धी तर्फ लैजाने शिक्षा आवश्यक भएको बताउनुभयो । उहाँले नेपालमा उत्पादन भएका जनशक्ति बेरोजगार भएर विदेश पलाएन भएकाले उत्पादन तथा उद्य्मीमूलक शिक्षा आवश्यक रहेकोमा जोड दिनुभयो ।

५० वर्ष नाघेका र २० वर्ष सेवा गरेका शिक्षकलाई आवश्यक नीति बनाएर हटाइने बताउँदै शैक्षिक परिवर्तनको नेतृत्व शिक्षक आफैले गर्नसक्ने भएकाले शिक्षा प्रणालीमा राज्यलाई दोष देखाएर शिक्षकले मुक्ति नपाउने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर