Aamsanchar

राईलाई सङ्घर्षशील पत्रकारिता पुरस्कार

Author Image
शनिवार, असोज १५, २०७३

खोटाङ।

5462741222019828345_Org

किरात राई पत्रकार सङ्घले पत्रकार डम्बरसिं राईलाई ‘सङ्घर्षशील पत्रकारिता पुरस्कार’ शुक्रबार प्रदान गरेको छ ।  पत्रकारिताका माध्यमबाट समुदायको विकासमा पु¥याएको योगदानको कदरस्वरुप सङ्घले आफ्नो दसौँ स्थापना दिवसका अवसरमा राईलाई पुरस्कृत गरेको हो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले राईलाई खादा ओढाएर रु नौ हजारका साथमा सम्मानपत्र प्रदान गर्नुभयो ।

यस्तै सङ्घका पूर्वअध्यक्ष भीषण राई र संस्कृतिकर्मी एवम् समाजसेवी अशोक राईलाई पनि सम्मान गरिएको किरात राई पत्रकार सङ्घका अध्यक्ष दीपेन्द्र राईले जानकारी दिनुभयो । हाल कान्तिपुर दैनिकमा आबद्ध पत्रकार राई १५ वर्षअघिदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । विसं २०७१ मा स्थापित पुरस्कार पाउने पत्रकार राई पहिलो पत्रकार हुनुहुन्छ ।

पत्रकारिताको माध्यमबाट समुदायको विकासको लागि योगदान पु¥याउने राई पत्रकारको प्रतिभा र हौसला वृद्धिका लागि कृषि विशेषज्ञ मदन राईले उपलब्ध गराउनुभएको रु एक लाखको अक्षयकोषबाट पुरस्कार स्थापना गरिएको सङ्घले जनाएको छ ।
कार्यक्रममा महासङ्घका अध्यक्ष विष्ट, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का महासचिव गजुरधन राईलगायतले सञ्चारमाध्यममा समावेशी न्युज रुमको व्यवस्था कार्यान्वयन गर्दै मातृभाषा पत्रकारितालाई व्यावसायिक पत्रकारितासरह स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)