Aamsanchar

हाँडिखोलामा बस दुर्घटना, तीन जनाको मृत्यु

Author Image
आइतवार, असोज १६, २०७३

हेटौँडाः

trisuli-accident-3

मकवानपुरको हाँडिखोला–२ मकरीमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा ५० जना बढी यात्रु घाइते भएका छन्।

हेटौंडा आउँदै गरेको ना ४ ख ४३०७ नम्बरको बस आइतबार बिहान सवा ९ बजे दुर्घटनामा भएको थियो। यात्रुबाहक बस छुटेको पाँच मिनेटमै दुर्घटनामा परेको थियो। दुर्घटनास्थल हेटौँडा–१३ बेलडाँडा र हाँडिखोला–२ मकरीको सीमामा पर्दछ।

दुर्घटनामा हाँडिखोला–२ का चार वर्षीय बालक प्रमिस लामिछाने, २५ वर्षीय सुर्यबहादुर तामाङ र ३३ लक्ष्मी दाहालको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी प्रमुख मिरा चौधरीले जानकारी दिइन्। घाइतेमध्ये ३९ जनाको चुरेहिल अस्पताल, १० जनाको हेटाैंडा अस्पताल र दुई जनाको अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको उनले बताइन्।

ओरालो सडकमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको प्रहरीको अनुमान छ। दुर्घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण बहादुर थापाले चालकले बस मोडेर भित्तामा ठोक्काउँदा धेरै यात्रु बाँच्न सफल भएको बताए। ३४ सिट क्षमताको बसमा ६० भन्दा बढि यात्रु सवार रहेको उनले जानकारी दिए। बस चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर