Aamsanchar

सिक्किमका मुख्यमन्त्रीलाई सिद्धिचरण पुरस्कार

Author Image
आइतवार, जेठ ९, २०७३

काठमाडौं ।

साहित्यकार पवन चाम्लिङ्ग ‘किरण’लाई युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०५ औं जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार चाम्लिङलाई १ लाख रुपैयाँ राशीको युगकवि सिद्धिचरण पुरस्कारबाट सम्मान गरेका हुन् ।

भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री समेत रहेका चाम्लिङ आउन नसकेपछि साहित्यकार विरु बाङ्देलले पुरस्कार ग्रहण गरेका थिए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले नेपालमा क्रान्ति शब्दको पहिलो लेखन सिद्धिचरण श्रेष्ठबाटै भएको हुनाले उनलाई युगकवि भनिएको बताए ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धिचरण श्रेष्ठ जनता र प्रकृतिको कवि भएको धारणा राखे । सिद्धिचरणले कल्पना गरेको बाटोबाट पछिल्लो पुस्ता चिप्लन खोजेको भन्दै प्रधानमन्त्रीले देशको स्वाधीनताका लागि सबै संयम हुनुपर्ने पनि बताए ।

कार्यक्रममा सिद्धिचरण श्रेष्ठलाई आधार बनाएर लेखिएका चारवटा कृतिको लोकार्पण गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 337

प्रतिक्रिया (०)

सम्बन्धित खबर