Aamsanchar

तीन जना जँड्याहाको जोक

Author Image
बिहिवार, असोज २०, २०७३

तीन जना जँड्याहा ट्याक्सीमा बसेछन्। ट्याक्सी ड्राइभरलाई थाहा रहेछ, तिनीहरू झ्याप छन्। त्यसैले उसले ट्याक्सीको इन्जिन स्टार्ट गरेछ अनि अफ गरेछ र भनेछ- ल तपाईंहरू ओर्लने ठाउँ आयो, झर्नुस्….।

पहिलोले पैसा दिएछ। दोस्रोले थ्याङ्क यु भनेछ…अनि तेस्रोले ड्राइभरको गालामा एक झापड बजाएछ।

तेस्रोले थाहा पाएछ क्यारे भनेर ड्राइभरले डराउँदै सोधेछ ः किन झापड हान्नुभएको सर ?

तेस्रोले जवाफ दियो ः साला, अबदेखि ट्याक्सी अलि बिस्तारै हाँक्, हामीलाई धन्नै मारिनथिस्…

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर