Aamsanchar

छोरालाई घर पु¥याएर धानका मुठा बाँध्न हिँडेका रामसिंह फर्केनन्

Author Image
आइतवार, असोज २३, २०७३

कञ्चनपुर ।

घरबाट हराएको एक सातापछि कञ्चनपुरको बेलौरी नगरपालिका–१३ सडक घाटका ३२ वर्षीय रामसिंह चौधरीको शव प्रहरीले फेला पारेको छ ।

घरबाट असोज १६ गते हराएका चौधरीको शव शनिबार साँझ सडक घाटमै फेला परेको बेलडाँडीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । शव सडेको अवस्थामा भेटिएको ।

छोरालाई विद्यालयबाट घर पु¥याएर चौधरी खेतमा धानका मुठा बाँध्न भनी हिँडेपछि बेपत्ता भएका थिए । प्रहरीले चौधरीको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर