Aamsanchar

लाङ्टाङमा पर्यटक आगमन सुरु

Author Image
सोमवार, असोज २४, २०७३

रसुवा।

20150930122805_langtang trk routte

नेपालको तेस्रो ठूलो पर्यटकीय गन्तव्य मानिएको लाङ्टाङ क्षेत्रमा पर्यटकको आगमन क्रमशः वृद्धि हुन थालेको छ ।

पर्यटन व्यवसायी ढिण्डुप तमाङका अनुसार हिमाली पदयात्रामा दैनिक आठ÷दशजना पर्यटकको आगमन हुन थालेकाले लाङ्टाङ तथा क्याङ्जेन क्षेत्रको रौनकता बढ्दै गएको छ ।

भूकम्पपछि ठाउँठाउँमा पर्यटकीय होटेल, लज र चिज उत्पादन कार्य सञ्चालन भइसकेको, पुनःनिर्माणका कार्य धमाधम अगाडि बढिरहेको, पुनःनिर्माणअन्तर्गत १०÷१५ वटा नयाँ आवास निर्माण भइसकेको बताइएको छ ।

भूकम्पपछि कुनैबेला मानवविहीन क्षेत्रमा दाताहरुको सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा पुनःनिर्माणका कार्य धमाधम अगाडि बढिरहेको र अब छोटै अवधिमा लाङ्टाङको पुनःनिर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको लाङ्टाङ व्यवस्थापन पुनःनिर्माण समितिका अध्यक्ष तेम्बा लामाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर