Aamsanchar

संविधान पुनर्लेखन हुदैन–सिटौला

Author Image
सोमवार, जेठ १०, २०७३

विराटनगर–

images

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान छिट्टै कार्यान्वयनको बाटोतर्फ अघि बढ्ने बताएका छन् ।

विटारनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सिटौलाले संविधान जारी भइसकेकाले यसको पुनर्लेखन नभएर कार्यान्वयनतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘संविधान लेखन गर्ने कार्य समाप्त भइसकेको छ । त्यसैले पुनर्लेखन भन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ ।’

मधेसी मोर्चाले संविधान गर्नुपर्ने माग राखेकोप्रति आफू आश्चर्य चकित भएको भन्दै उनले उनीहरुको माग अर्थहिन रहेको बताए ।

उनले संविधानमा सहमतिका आधारमा केही संशोधन भने गर्न सकिने ठाउ रहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर