Aamsanchar

किराँतीले हेडक्‍वार्टरबाट दिए राजीनामा

Author Image
शनिवार, कार्तिक ६, २०७३

काठमाडौं :

images

सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यबाट राजीनामा दिएका छन्।

गत भदौ २५ गते नै संगठन विभाग इन्चार्ज रामबहादुर थापा बादलसमक्ष राजीनामा दिएका किराँतीले आफ्नो राजीनामा स्वीकृत गर्न सहयोग गरिदिन आग्रह गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लेखेको सन्देश शनिबार सार्वजनिक गरेका हुन्।

अहिले माओवादीको केन्द्रीय कार्यालय (हेडक्वार्टर) मा २३ जना सदस्य छन्। ३३ सदस्यीय हेडक्वार्टरमा १० पद रिक्त छ। किराँतीले अध्यक्ष प्रचण्डबाहेक सबै तहका नेताहरुलाई एक एक तह घटुवाको माग पनि गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर