Aamsanchar

लोकमानबारे निर्णय गर्ने ‘अन्तिम अधिकार’ प्रचण्डलाई

Author Image
शनिवार, कार्तिक ६, २०७३

काठमाडौं :

Puspakamal_dahal_380025590

नेकपा माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोगबारे निर्णय लिने सर्वाधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।

प्रचण्ड निवासमा लाजिम्पाटमा शनिबार दिनभर बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता पम्फा भूसालले बैठकपछि संचारकर्मीसँग भनिन्, यसबारेमा दलहरुसँग छलफल तथा परामर्श गरेर निर्णय लिने अधिकार प्रधानमन्त्री प्रचण्डजीलाई दिने निर्णय बैठकले गरेको छ ।
बैठकमा प्रचण्डले महाअभियोग ल्याउनुपर्ने कारण र औचित्यबारे बताएका थिए। उनले कांग्रेस र एमाले नेतृत्वसँग अनौपचारिक परामर्श भएर नै महाअभियोग आएको स्पष्ट पार्दै कांग्रेस पनि यसको विपक्षमा नरहेको दाबी गरेका थिए । उनले कांग्रेस र एमालेका नेताहरुसँग आफू निरन्तर सम्पर्क र सम्वादमा रहेको बताएका थिए ।

बैठकमा कांग्रेसलाई समेत सहमति ल्याएर महाअभियोग अघि बढाउनुपर्ने भन्दै केही सदस्यहरुले हतार गर्दा पार्टी नै अप्ठ्यारोमा परेको बताएका थिए । अधिकांश सदस्यहरुले महाअभियोग आइसकेको कुनै पनि हालतमा यसमा ब्याक हुन नहुने बताएका थिए ।

उर्जामन्त्री जनार्दन शर्माले पनि अब प्रचण्डले आवश्यक परामर्श गरेर यसबारेमा  निर्णय लिने बताए । अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर