Aamsanchar

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेश

Author Image
आइतवार, कार्तिक ७, २०७३

काठमाडौंः

Samsad

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथि मंगलबारबाट छलफल हुने भएको छ।

आइतबार बसेको संसद बैठकमा सभामुख ओनसरी घर्ती मगरले कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मंगलबार दिउँसो ३ बजेका लागि समय निर्धारण गरेकी हुन्।

संसद बैठकको सुरुमै सभामुख घर्तीले कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएको सूचना पढेर सुनाएकी थिइन्। त्यसपछि सभामुखले महाअभियोग प्रस्तावमाथि छलफलका लागि समय निर्धारण गरिएको जानकारी दिइन्।

यसअघि कार्कीविरुद्ध नेकपा माओवादी केन्द्र र एमालेका एक सय ५७ सांसदले गत बुधवार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

कार्कीविरुद्धको महाअभियोग प्रस्ताव संसदमा छलफल भएपछि महाअभियोग सिफारिस समितिमा पठाइने छ। महाअभियोग सिफारिस समितिले प्रतिवेदन तयार पारेर संसदमा पेश गरेपछि महाअभियोग प्रस्तावबारे संसदमा मतदान हुनेछ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर