Aamsanchar

कुकुरलाई बलात्कार गरेको आरोपमा असलम पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

एजेन्सीः

dog

घरपालुवा कुकुरलाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भारतको हैदरावादको शास्त्रीपुरम इलाका कुकुरसँग अप्राकृतिक मैथुन गर्ने असलम खानलाई प्रहरीले पक्राउ गरेको हो । खान दिल्लीका बासिन्दा हुन् । उनी साथीलाई भेट्न शास्त्रीपुरम पुगेका थिए ।

शास्त्रीपुरमा बस्ने जहाँगीरको घरपालुवा कुकुर बिहान करिब ८ बजेको समयमा एक्कासी कराएपछि उनले आफ्ना छोरालाई कुकुरको अवस्था बुझ्न पठाएका थिए । छोराले कुकुर कराएको ठाउँमा हेर्दा असलम कुकुरसँग अनैतिक सम्बन्धमा थिए ।

परिवारका सदस्यले असलमलाई कराएपछि उनी त्यहाँबाट भागेका थिए । केहीबेरमा स्थानीयले पक्राउ गरी उनलाई प्रहरीको जिम्मा लगाएका थिए ।

यसैबीच उक्त घटनापछि घाइते भएको कुकुरको ज्यान गएको छ । मृत कुकुरको पोष्टमार्टममा लागि पशुअस्पताल पठाइएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)