Aamsanchar

छोरीलाई बलात्कार गर्ने बाबुलाई २२ वर्षको कैद

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

स्याङ्जा:

jel

छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३५ वर्षीय एक बाबुलाई जिल्ला अदालत स्याङजाले २२ वर्ष कैदको फैसला गरेको छ।

अदालतले उनीबाट पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसलासमेत सोमबार गरेको छ। जिल्ला न्यायधीश चन्द्रबहादुर सारुको इजलासले उक्त फैसला गरेको हो । छोरीलाई जबरजस्ती करणी गरेकाले थापालाई २२ वर्षको कैद सजाय सुनाइएको सारुले बताए।

बालिकामाथि भएको यौन दुव्र्यवहारअनुसार पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराइदिने फैसला पनि गरिएको उनको भनाइ छ। पीडक बाबुको चलअचल सम्पत्ति केही नभएकाले क्षतिपूर्तिबापतको रकम भने मुलुकी ऐन जबरजस्ती करणीको महलको १० गअनुसार महिला तथा बालबालिका कार्यालय स्याङजाबाट भराइदिने आदेशसमेत अदालतले गरेको नायब सुब्बा गुरुप्रसाद आचार्यले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)