Aamsanchar

६ लाखसहित १६ जुवाडे पक्राउ

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौंः

women_arrested_1-580e1537021b05.38407833

होटलको कोठा नै भाडामा लिएर व्यावसायीक रुपमा जुवा खेल्दै आएका १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार राति महानगरीय प्रहरी वृत्त कमलपोखरीको प्रहरी टोलीले नक्साल भगवतिवहालस्थित होटल गणपतिमा छापा मारेर जुवाडेलाई २६ लाख १३ हजार एक सय रुपैंयासहित पक्राउ गरेको हो ।

होटलको कोठा नम्बर १०५ भाडामा लिएर १६ जनाले कौडा खेलिरहेका थिए । जुवा खेल्दै गरेको सूचना पाएसँगै छापामार्न पुगेको प्रहरी पैसा र गरगहना देखेर अचम्ममा परेको थियो ।

चाडबाडको मौका छोपेर आफुहरुलाई व्यापारी बताउँदै आएका जुवाडेले लाखलाखका विटा र गरगहना (सुनको औंठी, सिक्री) बोकेर जुवा खेलिरहेको प्रहरीले जनाएको छ ।

कमलपोखरी वृत्तका प्रमुख डिएसपी महेश थापाका अनुसार प्रहरी पुग्ने वित्तिकै जुवाडेले पैसा फालाफाल र गरगहना लुकाउन थालेपछि होटललाई प्रहरीले घेरेर सर्च गरेको थियो । प्रहरीले जुवा खेलिरहेका बुढानिलिकण्ठ नगरपालिका कपन बस्ने राजकुमार अधिकारी, बाबुराम लामा, विष्णु महर्जन लगायतका १६ जनालाई पक्राउ गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर