Aamsanchar

चीन नेपालको आर्थिक विकासको पक्षमा

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

china[अनिल वाग्ले ]

बिर्तामोड ।
ग्रामिण कृषि उत्पादनमा आधारित भएर कसरी नेपालको दिगो विकास गर्न सकिन्छ भन्ने विषयमा नेपाल तथा चिनका प्राज्ञ प्रतिनिधी बीच चिनको सिचुवाङ प्रान्तको राजधानी चेङ्डुमा छलफल भएको छ ।
चाइना फोरम फर पिस एण्ड डेभलपमेन्ट (CFPD) को निमन्त्रणामा ‘रेसम मार्गका मित्रहरु र नेपालमा दिगोविकास’ सम्बन्धि सेमिनारमा सहभागी हुन १६ अक्टोवरमा डा. नारद भारद्धाजको नेतृत्वमा चिन गएको नेपाली टोलीले चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टका उपमहासचिव जि पिङको टोलीसँग यस विषयमा छलफल गरेको हो । २० सदस्यीय नेपाली टोलीमा डा. भारद्धाज, नेकपा एमालेका केन्द्रिय सदस्य हिक्कमत कार्की , नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाका छोरा एन्ड्रियास सिद्धार्थ, शुस्मा कोइराला फाउण्डेसनका कार्यकारी अध्यक्ष हरि ढुंगाना, समाज कल्याण परिषद्का राकेश हमाल, पत्रकार दानदास श्रेष्ठ, हिमाली क्षेत्रमा कार्यरत एनजीओ प्रतिनिधी डा. नम्रता पाण्डे, माओवादी केन्द्रकी सावित्रा शर्मा, माओवादी केन्द्रका निर्मल महरा, एनजीओ प्रतिनिधी विमल पोखरेल, माओवादी केन्द्रका महेश्वर दाहाल, गोर्खापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेल लगायतको सहभागिता थियो भने चिनियाँ टोलीमा चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टका उपमहासचिव जि पिङ, चाइना साउथ वेस्ट युनिभर सिटिकी ग्रामिण विकास विषयकी प्राध्यापक झाङ ल्यानइङ लगायतको सहभागिता थियो ।

त्यहाँ रहँदा नेपाली टोली र चाइना फोरम फर पिस एण्ड डेभलपमेन्टको टोली विच वान रोड र वान वेल्टका विषयमा छलफल भएको छ । वान वेल्ड भनेको प्राचिनकालमा चीनले रेशम व्यापार गर्दा प्रयोग गरेको सामुद्रिक बाटो पूर्वी तथा पश्चिम एशिया, युरोप, अर्फिकामा सामुर्दिक मार्गले ती क्षेत्रलाई जोड्ने परियोजना तथा वान रोड भनेको मध्य एशिया, दक्षिण एशिया, पश्चिम एशिया हुँदै टर्की सम्म जाने सतल मार्गको परियोजना हो ।
सो सेमिनारमा रेसम मार्ग अर्थात प्राचिनकालमा चिनको रेसम व्यापार हुने क्षेत्रहरु अफगानस्तान, इरान, टर्की, युरोप तथा अर्फिका सम्म सामुद्रिक मार्ग पु¥याउने तथा नेपालको उत्तरी नाका खोली नेपाललाई पनि आत्मनिर्भर बनाउने विषयमा छलफल भएको थियो । यी कार्य हुन सके छिमेकी मूलुक नेपाललाई पनि आर्थिक क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने चिनियाँ टोलीले बताएको छ ।

सेमीनारको अवसरमा नेपालको दिगो विकासकासका क्षेत्रमा चिनले गर्न सक्ने सहयोगका विषयमा पनि छलफल भएको नेपाली टोलीका नेतृत्वकर्ता डा. भारद्धाजले जनाएका छन् । उनले वान रोड वान वेल्टले नेपालको विकासमा कस्तो सहयोग पु¥याउन सक्छ भन्ने विषयमा नेपाली टोलीले चिनियाँ टोलीसँग जिज्ञासा राखेको जनाएका छन् । सेमिनारका अवसरमा नेपाली टोलीका नेतृत्वकर्ता भारद्धाजले नेपाल चाइना सम्बन्ध र नेपालको दिगो विकासका विषयमा विचार प्रस्तुत गरेका थिए भने राकेश हमाल, दानसिंह श्रेष्ठ, डा. नम्रता पाण्डे लगायतले पनि विचार प्रस्तुत गरेका थिए ।
सो अवसरमा चिनियाँ टोलीले नेपाली टोलीलाई आत्मनिर्भर बनिसकेका ३ क्षेत्रको अवलोकन भ्रमण गराएको छ । स्याउ तथा अंगुर खेती हुने सिचुवाङ प्राप्तको मुलान गाउँ, गुलाफको फुल खेती गरेर त्यसबाट मुल्यबान तेल निकालिएको गाउँ सियाङजिङ तथा सहकारी मार्फत बहुवाली खेतीद्धारा चिनिएको चोङकिङ महानगर प्रशासनिक क्षेत्रको टाइगर माउन्टेन गाउँको अवलोकन भ्रमण गराइएको छ । टोली २३ अक्टोवरमा नेपाल फर्किएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर