Aamsanchar

औंसी बारो गाइ तिहार भैलो

Author Image
शनिवार, कार्तिक १३, २०७३

 

deusi-सागरिका

भैलीनी आइन आंगन आफ्नो संस्क्रिती बचाउन

औंसी बारो गाई तिहार भैलो

लाउने भए दौरा सुरुवाल लाउ

नलाउने नेता आफ्नै मावला घरतिर जाउ

औंसी बारो गाई तिहार भैलो

बर्ष दिनको यो चाड, हाम्रो संस्क्रिती हाम्रो पहिचान

नेपाली भाषा नेपाली भेष प्राण भन्दा हामीलाई छ प्यारो

बोल्ने भए नेपाली बोल नबोल्ने नेता दक्षिण तिर लाग

औंसी बारो गाई तिहार भैलो

जसले मास्दछ संस्क्रिती उसको बिग्रदो छ मती

छाडदैनौ हामी त्यस्तालाई पती हुन कि उपराष्ट्रपती

हामी त्यसै आएनौ जनता जनार्दनले पठाएको

माग्ने भए माफि माग नत्र समाउला कठालो

औंसी बारो गाई तिहार भैलो

विश्वमा अग्लो हिमाल नेपालीको छाती बिशाल

कुर्सी दिई पालेका छौ छाडि सबै कुबिचार

सबै मिली गर नेपाल को जय जयकार

बलभद्रका सन्तान जागेमा नत्र बन्ला तिम्रो आचार

औंसी बारो गाई तिहार भैलो

(भाई टिकाको धेरै धेरै शुभ कामना सम्पूर्ण नेपाली दाई भाई दिदी बहिनीमा । तिहारमा  झिलिमिली बलेका यि दियो र बत्तिहरु सरह सबैको जीवनमा सुख र शान्तिको झलमल प्रकाश छरियोस – सागरिका)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर