Aamsanchar

भारतीय राष्ट्रपति र शीर्ष नेताबीचको भेट आज

Author Image
बिहिवार, कार्तिक १८, २०७३

काठमाडौं:

Prachanda-and-mukharji-581ac35737ffa4.91046976

नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताबीच आज साँझ भेटवार्ता हुने भएको छ ।

मधेसी मोर्चामा आवद्ध दलका नेताहरुसँग मुखर्जीले सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ भने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रका अध्यक्षसँग भेटवार्ता हुनेछ ।

दलका शीर्ष नेताहरु मुखर्जीलाई भेट्न साँझ मुखर्जी रहने होटल हायातमा पुग्नेछन् ।

प्रधानमन्त्रीको हैसियतमा पुष्पकमल दाहाल प्रचण्डले बुधबार नै मुखर्जीलाई भेटेकोले आजको भेटमा भने प्रचण्डले माओवादी केन्द्रको अध्यक्षका हैसियतले भेट्नेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर