Aamsanchar

कांग्रेस सभापति देउवा भारत प्रस्थान

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं:

ser-bdr-1

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बिहान भारत प्रथान गरेका छन् । सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । देउवा दिल्लीबाट कार्यक्रमस्थल गोवा जानेछन् ।

फाउन्डेसनको आज हुने कार्यक्रमपछि सभापति देउवाले नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, काँग्रेसआईका अध्यक्ष सोनिया गान्धीलगायत नेताहरुसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

नयाँ दिल्लीमा रहँदा सभापति देउवा जवाहरलाल नेहरु विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा समेत भाग लिनेछन् ।

सभापति देउवाका साथ धर्मपत्नी एवम् सांसद आरजु देउवा राणा पनि सहभागी छिन् ।
देउवा कार्तिक २३ गते स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर