Aamsanchar

जनकपुरपछि पोखरा हिँडे मुखर्जी

Author Image
शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं :

Mukharjee-at-Kathmandu-581994037bb966.89988735

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरमा करिब १ घण्टा १५ मिनेट बिताएका छन्।

यसक्रममा भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरमा करिब ३० मिनेटसम्म पूजा गरे।  यसअघि उनलाई जनकपुर विमानस्थलबाट जानकारी मन्दिरसम्म विद्यार्थीहरूले स्वागत गरेका थिए। उनको स्वागतमा विमानस्थलदेखी जानकी मन्दिरसम्म हरेक ७५ मिटरको फरकमा एउटा स्वागतद्वार निर्माण गरिएको थियो।

मन्दिर पूजा तथा दर्शनपछि उनी जनकपुरको तिरहुतिया गाछी मैदानमा भएको नागरिक अभिनन्दनको कार्यक्रममा सहभागी भएका थिए।

उनले त्यहाँ करिब ४५ मिनेट बिताएका थिए। नागरिक अभिनन्दनको कार्यक्रम सकिएपछि उनी सोझै जनकपुर विमानस्थल पुगेर करिब २ बजे पोखराका लागि प्रस्थान गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर