Aamsanchar

चैतमा स्थानीय निकायको चुनाव हुन सक्दैन

Author Image
शनिवार, कार्तिक २०, २०७३

जुम्ला,

voting__1063363784

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चैतमा स्थानीय निकायको चुनाव हुन नसक्ने बताउनुभएको छ । निर्वाचन कानूनहरु बन्न नसकेका कारण चैतमा चुनाव गर्ने ढोका बन्द भएको यादवको भनाई छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई चुनावका लागि पठाएका ६ कानूनहरु मध्ये ३ वटा कानुन पारित हुन ढिलाई भएकाले चुनावि अभियानमा अवरोध भएको बताउनुभयो ।

जुम्लामा शनिबार भएको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले निर्वाचन आयोग ऐन, मतदाता नियमावली ऐनको मस्यौदा संसदमा दर्ता भएपनि पारित हुन ढिलाई हुनु दुर्भाग्य भएको बताउनुभयो । यादवले कानुन नबनेसम्म स्थानीय, संसदीय, प्रादेशिक चुनाव हुन नसक्ने भएकाले पहिला कानुन बनाउनु पर्ने बताउनुभयो ।

उहाँले चुनावमा जनतालाई सुसुचित गर्नका लागि मिडियामा प्रयाप्त प्रचार प्रसार गर्न आवश्यक रहेकोसकेत बताउनुभयो । उहाँले नयाँ आचार संहिता पारित भई लागु भएपछि पहिलेका निर्वाचनहरु भन्दा स्वच्छ र परिवर्तन हुने समेत दावी गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)

सम्बन्धित खबर