Aamsanchar

स्थानीय तह पुनर्संरचना जिल्ला प्राविधिक सहयोग समितिको समय आज सकिँदै

Author Image
शनिवार, कार्तिक २०, २०७३

काठमाडौं,

800x480_IMAGE56998936

स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको समय शनिबार सकिँदैछ । पुनर्संरचना आयोगमा शुक्रबारसम्म ७ वटा जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् ।

तराईका ८ जिल्लामा पुनर्संरचनाको काम नै सुरु हुन सकेको छैन भने कतिपय जिल्लामा विवादका कारण प्रतिवेदन तयार हुन सकेको छैन ।

आयोगका अध्यक्ष बालानन्द पौडेलले अझै ६८ जिल्लाको प्रतिबेदन आउन बाँकी रहेकोमा केही जिल्लाको प्रतिवेदन शनिबारसम्म आउने र बाँकी जिल्लाका लागि के गर्ने भन्ने निर्णय गरिने जानकारी दिनुभयो ।

आयोगले बढीमा ७ सय ४४ स्थानीय सरकार बनाउने मापदण्डसहित प्राविधिक समितिलाई संख्या र सिमाना टुंग्याउने जिम्मा दिएको हो ।

आयोगका अध्यक्ष पौडेलले सबै जिल्लाबाट प्रतिवेदन नआएपनि आयोगलाई काम अघि बढाउन भने समस्या नभएको बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)