Aamsanchar

किन भेला हुँदैछन् एमालेका नेताहरू अमलटारीमा ?

Author Image
शनिवार, कार्तिक २०, २०७३

कावासोती ।

umal-flag-e1424853493350

नेकपा (एमाले) प्रदेश न. ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ । नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ अमलटारीमा बैठक गर्न लागेको हो ।

एमालेका केन्द्रीय सदस्य तिलक महतका अनुसार दुई दिने सो बैठक तथा भेलामा प्रदेश नं ४ का ११ जिल्लाका पार्टी अध्यक्ष, पूर्व अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यसहित यो प्रदेशका पोलिटब्युरो सदस्य र स्थायी समितिका सदस्यको सहभागिता रहनेछ । मनाङ, मुस्ताङ, गोर्खा, म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, स्याङ्जा, लमजुङ र नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग प्रदेश चारमा पर्दछ ।

प्रदेश न. ४ मा नवलपरासीको भूभाग सानो हो भन्ने भ्रमलाई चिर्न पनि भेला महत्वपूर्ण हुने एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले बताउनुभयो । निर्वाचन क्षेत्र नं १, २, ३ र ६ को त्रिवेणीसुस्ता प्रदेश नम्बर ४ मा पर्छ अध्यक्ष गाहाले भन्नुभयो– “जनसङ्ख्याका आधारमा हामी यो प्रदेशको पहिलो जिल्ला हुन सक्छौँ त्यो सन्देश प्रदेशभरि पु-याउँछ ।” चितवन राष्ट्रिय निकुञ्जका आधा भाग नवलपुर क्षेत्रमा पर्छ ।

यो पर्यटकीय हवको प्रदेश हो भन्ने सन्देश पनि बैठकले दिने केन्द्रीय सदस्य महतले बताउनुभयो ।

एक सय ५० प्रतिनिधि सहभागी हुने कार्यक्रममा गैँडाकोटदेखि दाउन्नेसम्म तुल र ब्यानरले सजाइएको छ । बैठकमा भाग लिन प्रतिनिधिहरु आउने क्रम आज देखि सुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर