Aamsanchar

प्रवासी नेपाली मंच युएइले गठन गर्यो अजमानमा क्षेत्रिय तदर्थ कमीटी

Author Image
आइतवार, कार्तिक २१, २०७३

14936885_363144190695738_1748972934_n (1)

[भरत शिवाकोटी]

     युएई  ।

 

युएईमा कृयासिल रहेको नेकपा एमालेको जनसंगठन प्रवासी नेपाली मंच युएइले गत ४ अक्टोवरमा संगठन विस्तारको क्रममा अजमानमा क्षेत्रिय तदर्थ कमीटी गठन गरेको छ ।

स्थानिय काठमाडौ दरवार रेस्टुरेन्ट अजमानमा भएको क्षेत्रीय भेलामा नेकपा एमालेका कार्यकर्ता तथा एमालेप्रती आस्था राख्ने एवम शुभेच्छुकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

उक्त भेलाले ६ महिनाभित्र अजमानमा रहेक अधिकतम नेपालीहरुलाई संपर्कमा ल्याएर क्षेत्रीय अधिबेशन सम्पन्न गर्ने गरी कमल पाठक को अध्यक्षतामा पछी एक सदस्य थप्नेगरी ११ सदस्य कमिटी चयन गरेको छ,जसको उपाध्यक्ष हरिश्चन्द्र बज्रचार्य,सचिव गणेश जोशी,कोसाध्यक्ष सरस्वती पौडेल र सदस्यहरुमा क्रमशः प्रकाश नेपाली,टिकाराम भण्डारी,हुमलाल बेल्बासे,मिना सुवेदी,लक्ष्मी भट्टराई र केशव प्रसाद डुम्रे रहेका छन ।

प्रवासी नेपाली मंच युएईका निवर्तमान अध्यक्ष प्रकाश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कमिटी गठन पश्चात प्रमुख अतिथि कोइरालाले समसामयिक बिसयमा तथा प्रवासी नेपाली मंच किन भन्ने बारेमा प्रशिक्षण दिदै प्रवासमा रहेर पनि राजनीतिक चेतना र सचेतता हुनु सम्पूर्ण प्रवासी नेपालीहरुमा आवश्यक रहेको औल्याउदै प्रवासमा राजनीति बाट टाढा रहनुपर्छ भन्ने भनाइ ठीक नभएको जिकिर गर्नुभएको थियो ।

निकट भविस्यमा प्रवासबाटै समेत मतदान गर्न सकिने स्थिती हुने भन्दै उहाँले मुलुकको समुन्नती र विकास नेकपा एमाले बाट मात्र सम्भव रहेको कुरा बारम्बार पुस्टि भएपनी त्यसलाई कुनियत ढंगले प्रचारवाजी गरेर एमालेलाई बदनाम गराउनेहरुबाट सचेत रहन सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा मन्चका राष्ट्रिय कमिटी सदस्य बाबुराम सापकोटा र मित्रलाल पोख्रेलको समेत उपस्थिती रहेको थियो भने निर्वाचित कमिटीलाई प्रमुख अतिथी तथा अतिथिहरुले हार्दिक धन्यवादका साथै कार्यकाल सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर