Aamsanchar

प्रतिनेपालीको थाप्लोमा उन्नाइस हजार वैदेशिक ऋण !

Author Image
आइतवार, कार्तिक २१, २०७३

काठमाडौँ ।

Poor-People-300x226

हरेक नेपालीको थाप्लोमा अहिले रु १९ हजार वैदेशिक ऋण रहेको छ । विसं २०४६ मा प्रतिव्यक्ति रु छ हजार वैदेशिक ऋण भएकामा अहिले तेब्बर बढी भार थोपरिएको छ ।

पुरानो शक्ति अभियान नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपालमा भ्रष्टाचार बढेकाले सो भार बढेको भन्दै वक्ताहरुले सुशासन र भ्रष्टाचार नियन्त्रण नभएसम्म आगामी दिनमा यो अझ बढेर जाने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान विभागका प्रमुखमाथि महाअभियोग लगाउँदा त्यसले भ्रष्टाचार गर्ने प्रवृत्तिलाई बल पुग्ने भएकाले त्यसो नगर्न उहाँहरुको आग्रह थियो । सो प्रस्ताव फिर्ता नभए कात्तिक २९ देखि सो अभियानले सरकारविरुद्ध कडा आन्दोलन गर्ने घोषणासमेत सो अवसरमा गरिएको थियो ।

सो शक्तिका संयोजक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भ्रष्ट नेताले विदेशमा राखेको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने, भ्रष्टाचारमा कारबाही रोक्ने उद्देश्यले दर्ता गरेको महाभियोग प्रस्ताव खारेज गर्नुपर्ने माग गर्नुभयो ।

पत्रकार प्रेम कैदीले राजनीतिक अस्थिरताले मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै यसलाई राजनीतिक नेतृत्वले नै संरक्षण दिएको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर