Aamsanchar

पार्टनरलाई खुशी पार्न यसरी चुम्बन गर्नुहोस्

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

एजेन्सीः

kisses-581f32eb534571.45714984

कसैलाई माया गर्नुहुन्छ, ‘माया गर्छु’ भन्नु पर्दैन माया गर्ने आइडिया मात्र जान्नुहोस् । माया बढाउने एक उपाय चुम्बन हो। चुम्बनले शब्दबिना भाव सञ्चार गर्दछ । चुम्बन मायाको एक कला हो । यसलाई कसरी रचनात्मक बनाउने भन्ने कुरा तपाईंमा भर पर्छ । चुम्बनका विभिन्न प्रकार छन् ।

१.फान्सेली चुम्बन
यो भावुक तरिकाको चुम्बन हो । फ्रान्सेली चुम्बनः चुम्बनको पहिलो सूचीमा पर्छ । आफ्नो घनिष्ट र मनमिल्ने साथीसँग रोमान्स गर्न चाहनुहुन्छ भने यो चुम्बन उत्कृष्ट मानिन्छ । तपाईं यो चुम्बन गर्न चाहनु हुन्छ भने जिब्रोले साथीको ओठ विस्तारै छुनुहोस् र रोमान्स गर्नुहोस् । यस्तो चुम्बनले साथीलाई मायाको उत्कृष्ट अनुभव गराउँछ ।

२.एक ओठ चुम्बन
यो आफ्नो पार्टनरलाई प्रेम अभिव्यक्ति गर्ने अर्को उत्कृष्ट चुम्बन हो । यो प्रक्रियाले ‘म तपाईंलाई प्रेम गर्छु’ भन्ने भाव अभिव्यक्त गर्छ । यो चुम्बनका लागि नजिकिएर विस्तारै ओठ छुनुहोस् । अनि विस्तारै एउटा मात्र ओठ टोक्नुहोस् । टोक्दा होस् पुर्याउनुहोस् आफ्नो पार्टनरलाई नदुखोस् । यसले छुट्टै रोमान्टिक बन्न साथ दिन्छ ।

३.छेपारे चुम्बन
के तपाईंले कहिल्यै छेपारोले जिब्रो बाहिर निकालेको देख्नु भएको छ ? तपाईं आफ्नो पार्टनलाई खुशी पार्न चाहनुहुन्छ भने यो अर्को उत्कृष्ट चुम्बनको शैली हो । जिब्रो बाहिर निकालेर जिब्रो जिब्रोले छुने तर ओठको प्रयोग नगर्ने चुम्बनले तपाईंको साथीलाई नयाँ अनुभूति गराउँछ । कतिपयले जिब्रो बाहिर निकालेर गर्ने चुम्बनलाई नरुचाउँन पनि सक्छ, त्यसलाई भने तपाईंले बुझ्न सक्नुपर्छ ।

४.आइस चुम्बन
तपाईं चुम्बनका लागि नयाँ तरिका खोज्दै हुनुहुन्छ ? त्यसका लागि आइस चुम्बन पनि अर्को उपाय हो। तपाईं आफ्नो प्रेमिलाई चुम्बन गर्नु अघि ओठमा बरफको सानो टुक्रा च्याप्नुहोस् । जब चुम्बन सुरुहुन्छ तब बरफ पुरै पगाल्नुहोस् र आफ्नो पार्टनरलाई फरक चुम्बनको अनुभूति गराउनुहोस् । यसले तपाईंको प्रेममा नयाँ बहार ल्याइदिन्छ ।

५.निबेल चुम्बन
यो अली फरक खालको चुम्बन हो । आफ्नो पार्टनरको ओठ हल्का दुख्नेगरी च्याप्नुहोस् । जसले तपाईंको प्रेम गर्ने मानिसलाई हल्का दुःखोस् । यो दुःखाइले तपाईं दुई बीचको माया अझ बढ्छ । यद्यपी धेरै दुःखाउनुभएमा भने तपाईंको सम्बन्ध बर्बाद हुन्छ भन्ने कुरामा भने तपाईं सचेत हुनैपर्छ । प्रेमीलाई आफ्नो बसमा राख्नका निम्ति यो चुम्बन विशेष मानिन्छ ।

६.लिप ट्रेस चुम्बन
यो चुम्बन भने चञ्चल स्वभाव गरेका प्रेमीप्रेमीकाले रुचाउँछन् । यद्यपी एक ओठले गर्ने ट्रेस चुम्बन धेरैले मन पराउने गर्छन् । जिब्रोले बिस्तारै बीचबाट खोजेर ओठ पहिल्याएर गर्ने चुम्बनलाई लिप ट्रेस भनिन्छ । यस्तो चुम्बनले सम्बन्धलाई दीर्घकाली बनाउन तपाईंमा उत्साह थप्ने गर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर