Aamsanchar

पत्रकार श्रेष्ठ अस्वस्थ

Author Image
मङ्गलवार, कार्तिक २३, २०७३

सुरुङ्गा (झापा)।

unnamed

राष्ट्रिय समाचार समितिका मेची अञ्चल पूर्वप्रमुख अमृतलाल श्रेष्ठ अस्वस्थ हुनुभएको छ ।
उहाँको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि उहाँ एक महिनादेखि गम्भीर बिरामी पर्नुभएको छ । विसं २०४२ देखि राससमा प्रवेश गर्नुभएका उहाँ २०७१ सालमा सेवानिवृत्त हुनुभएको थियो ।
झापाका पुराना पत्रकार तथा साहित्यकार श्रेष्ठले अहिले बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटलमा मिर्गौलाको डायलसिस गरिरहनुभएको छ । अर्थ अभावका कारण उपचारमा आफूलाई समस्या भएको श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर