Aamsanchar

प्रहरीको नाममा सर्वसाधारणबाट रकम उठाउने पक्राऊ

Author Image
बुधवार, कार्तिक २४, २०७३

सुरुङ्गा(झापा) ।

ghus-lidai

आफूलाई प्रहरीको घुमुवा भएको बताउदै जिल्ला प्रहरी कार्यालय झापाको नाममा सर्व साधारणबाट रकम उठाउएको आरोपमा झापामा मंगलवार एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चकचकी – १ निवासी २८ वर्षीय जाफर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । उनलाई प्रहरीको विशेष टोलीले राजगढबाट पक्राउ बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापालाई मासिक ५० हजार रुपैयाँ बुझाउनु पर्ने भन्दैै आलमले सर्वसाधारणबाट रकम असुल्ने गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो ।
पक्राउ परेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको र केही सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर