Aamsanchar

पूर्वराजा ज्ञानेन्द्र सिंगापुरमा

Author Image
बुधवार, कार्तिक २४, २०७३

काठमाडौंः

Gyanendra_Shah_416369283

पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार सिंगापुर पुगेका छन् ।

उनका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा शाह केही दिनका लागि बुधबार सिंगापुर पुगेका हुन् ।

सिंगापुरको भ्रमण सकेर ज्ञानेन्द्र उतैबाट भारत जाने कार्यतालिका रहेको छ । ज्ञानेन्द्र निकट स्रोतले भने उनको भ्रमणबारे सबै जानकारी सार्वजनिक गरेको छैन् ।

पूर्वराजा सिंगापुर पुगेको जानकारी भए पनि थप जानकारी आफूसँग नभएको संवाद सचिव पाठकले बताए । पूर्वराजालाई सिंगापुर प्रस्थान गर्नुभन्दा अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थक एवं शुभेच्छुकले फूलमालासहित विदाइ गरे ।

शाहका साथमा निजी सचिव सागर तिमल्सिना सिंगापुर पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर