Aamsanchar

झापामा १५ स्थानीय तहको पक्षमा ११ दल

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

झापा।

7-Pradesh-_jhapa

नेपाली कांग्रेस लगायत ११ वटा राजनीतिक दलले १५ वटा स्थानीय तहका इकाई हुनुपर्ने माग गरेका छन् ।
जिल्लाको स्थानीय तह पुनर्संरचनाका विषयमा नेकपा एमाले झापाले अगुवाई गर्दै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिद्वारा निर्णय गरिएका १५ वटा इकाईलाई ध्वस्त गर्ने नियोजित चालप्रति सबैलाई सचेत रहन आग्रह गर्दै उनीहरुले यस्तो माग गरेका हुन् । बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै ११ वटा राजनीतिक दलले गरेको निर्णय अक्षरशः कार्यान्वयनको माग समेत गरेको छ ।
आदिवासी, जनजाति र पछाडि पारिएका वर्गको पहिचानलाई सुनिश्चित गर्दै दलहरुको सहमतिको आधारमा तयार गरिएका इकाईहरुलाई एमाले लगायतका दलको अगुवाईमा ध्वस्त पारिएको भन्दै सबैलाई सचेत रहन समेत उनीहरुले माग गरेका छन् ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, सद्भावना पार्टी, नेपाल परिवार दल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, नेपाल सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टीले झापामा १५ वटा स्थानीय तह हुनुपर्ने माग गरेको हो ।

पत्रकार सम्मेलनमा आदिवासी इकाईहरु कचनकवल, गाउँपालिका, झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, जातीय इकाईहरु हल्दिवारी गाउँपालिका, कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका रहने भनिएको छ ।
दलकातर्फबाट नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका संयोजक मणिकुमार साम्पाङ विजय, राप्रपा नेपालका अमर विष्ट, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, नेपाल परिवार दलका अध्यक्ष जीवन पनेरु, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपसभापति सन्तोषकुमार गणेश, तराई मधेश लोकतान्त्रिक पार्टीका अनुज राजवंशी, संघीय समाजवादी फोरम नेपालका जिल्ला सचिव सरमुद्दिन हक, राप्रपाका जिल्ला अध्यक्ष जयबहादुर श्रेष्ठ, नेपाल सद्भावना पार्टीका प्रतिनिधि राजकुमार महतो, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला सचिव कृष्णप्रसाद थपलियाले साझा विज्ञप्ति जारी गर्दै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिद्वारा निर्णय गरिएका १५ वटा इकाई कायम हुनुपर्ने माग गरेका हुन् । पत्रकार सम्मेलनमा सांसद सुधिरकुमार शिवाकोटीको समेत सहभागिता रहेको थियो ।

पक्राउ परेका २ घण्टापछि रिहा
झापा क्षेत्र नं. ७ का राजनीतिक दलहरुले आफ्नै जिल्ला तहका नेताहरुले गरेको निर्णय बिरुद्धमा कडा आन्दोलन चर्काएका छन् । दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्ने माग राख्दै शुरु भएको आन्दोलनले दमकमा तनाव उत्पन्न भएको छ ।
सँगै सीमा जोडिएको थाहा पाउँदापाउँदै स्थानीयको जनभावना बिपरीत लखनपुरलाई तोपगाछीमा समाहित गरेर गाउँ पालिका प्रस्ताव गरिएको र दमक नगरपालिकालाई उपमहानगरपालिका बनाउन रोकिएको भन्दै राजनीतिक दलहरुले संघर्ष समिति बनाएर नै आन्दोलन चर्काएका छन् ।

आन्दोलनको कार्यक्रम अन्तर्गत बिहीबार सरकारी कार्यालय बन्द गराउने क्रममा प्रहरीसँग झडप समेत भएको छ । प्रहरीले एकीकृत नेकपा माओबादी केन्द्रका क्षेत्रीय इञ्चार्ज तथा संघर्ष समितिका संयोजक गगन पुरी, शंकर बस्नेत, दीपेश दाहाल र प्रेम बिमलीलाई चार घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।
आक्रोशित आन्दोलनकारीले प्रहरीलाई आधा घण्टा इलाका प्रशासन कार्यालयभित्र नै नियन्त्रणमा लिएका थिए । इलाका प्रशासन कार्यालय दमकको सुरक्षाका लागि पुगेका प्रहीलाई बाहिरबाट आन्दोलनकारीले ताला लगाइदिएर कोणसभा गरेका थिए ।
यसले गर्दा दमकका अधिकांश सरकारी कार्यांलयहरुको काम ठप्प भएका थिए भने कार्यालय अगाडि कालोझण्डा गाडिएको छ । प्रहरीले ताल्चा फोरेपछि तनाव भएको बताइन्छ । इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बूले आन्दोलनले हिंसात्मक रुपमा नलिओस् भनेर सुरक्षाका लागि केहीलाई नियन्त्रणमा लिइएको बताए । दमक र लखनपुरलाई अलग गराइएकोप्रति जनस्तरबाट नै आक्रोश बढेपछि दमकमा तनाव शुरु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर