Aamsanchar

पूर्वाञ्चलबासीको प्रधानमन्त्रीलाई प्रश्न बोल्ने मात्र की काम पनि गर्ने ?

Author Image
शुक्रवार, कार्तिक २६, २०७३

विराटनगर, 
Puspakamal_dahal_380025590

पूर्वका ब्यवसायीले बिशेष आर्थिक क्षेत्र स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् । विशेष आर्थिक क्षेत्र स्थापना गर्ने सम्वन्धमा बजेटको व्यवस्था गरी अध्ययन गर्ने काम भएको र त्यसपछि कुनै कार्यक्रम नल्याएको ब्यवसायीले गुनासो गरेका हुन् ।

ब्यवसायीको गुनासोका सम्बन्धमा प्रधानमन्त्री दाहालले ब्यवसायीको समस्याको बारेमा सरकार गम्भीर रहेको बताउनुभयो ।

मुलुकको सन्दर्भमा हेर्दा पूर्वाञ्चल आर्थिक विकासको उर्वर सम्भावना रहेका बिशेष आर्थिक क्षेत्र स्थापना गर्ने सहितका बिराट राजाको दरबार संरक्षण गरी एकीकृत भन्सार विन्दु निर्माण गर्ने, विराटनगर चक्रपथ तथा वाइपास सडक र जिल्लाको आन्तरिक ढल तथा सडक सञ्जालको विस्तार गर्न समेत ध्यानाकर्षण गराइएको हो ।

मोरङ ब्यापार संघका अध्यक्ष तथा संसद पवन कुमार सारडाले पूर्वाञ्चलमा नियमित विद्युत आपूर्तिका लागि कटैया, मल्टीफयुल, अरुण तेस्रो लगायत अन्य विकल्पहरुको विशेष व्यवस्थापन गर्र्नु पर्ने, चीन र भारत जोड्ने जोगबनी किमांथाका सडक (कोशी मार्ग) को निर्माण गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नती गर्ने बारेमा पनि ध्यानाकर्षण गराउनु भएको हो ।

उहाँले प्रविधि विकास र हन्तान्तरणका लागि अाैद्यौगिक विश्वविद्यालय विकास तथा व्यवसायिक  शिक्षा प्रवद्र्धन एवं स्वास्थ्य सेवा र सञ्चार सेवाको विस्तार गर्ने, पर्यटन विकासका लागि पहिचान भएका (धार्मिक, प्राकृतिक, सांस्कृतिक) क्षेत्रहरुको एकीकृत गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, कृषिको व्यवसायीकरण, कृषिमा सिँचाई, बीमा, शित भण्डार, मल विउका लागि विशेष अनुदान एवं कृषि बालीको समर्थन मूल्य किटान गर्ने बारेमा पनि सरकारसँग माग गरिएको छ ।

विराटनगरको विकासका लागि ब्यवसायिले अन्तर्राष्ट्रिय स्तरको प्रर्दशनी स्थल (औद्योगिक, व्यवशायिक, कृषि तथा शैक्षिक प्रदर्शनी स्थल) स्थापना गर्ने र कला र संस्कृतिको संरक्षणका लागि विशेष योजना संचालन गर्ने, बिराटनगर भन्सार सीमाक्षेत्रमा अध्यागमन कार्यालय स्थापना गर्ने, कृषि उत्पादन चिया, अदुवा, अम्लीसो, अलैंची आदि वस्तुहरुको प्रशोधनका लागि पूर्वको झापा नाकामा प्रशोधन केन्द्र टेष्टल्याव स्थापना गर्न समेत प्रधानमन्त्रीसँग आग्रह गरिएको हो ।

अध्यक्ष सारडाले योजनाका लागि सरकारले बजेट छुट्याएपनि हालसम्म कुनै योजना सम्पन्न हुन नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । गएको १९ वर्ष अगाडी शिलान्यास भएको विराटनगर चक्रपथ सडकको विषयमा ट्रयाक खोल्ने काम बाहेक केहि हुन सकेको, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलको रुपमा विस्तार एवं स्तरोन्नति गर्न हरेक वर्ष बजेट छुट्याइएपनि ठोस काम हुन नसकेको ब्यवसायीको आरोप छ ।

ब्यवसायीले पूर्वाञ्चलमा पर्यटन क्षेत्रको विकासका लागि माउण्टेन फ्लाइट संचालन गर्न सकिने, अन्तर्राष्ट्रिय उडान तथा अवतरण गराउन सकिने सम्भावना बोकेको समेत जानकारी गराएका हुन् ।

विद्युत समस्यालाई हल गर्नको लागि मोरङको बांसवारीमा रहेको ३९ मेगावाटको मल्टीफ्यूल संचालनका लागि झण्डै ७० करोड रुपैयाँ खर्च हुँदा पनि सञ्चालनमा आउन नसकेकोले त्यो सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिईनु पर्ने माग समेत उनीहरुको छ ।

ब्यवसायीले  निर्यात भन्दा आयात ११ गुणाले बढी रहेको जानकारी दिँदै यसले भविष्यमा देशको आर्थिक अवस्था कस्तो हुने हो भनेर आंकलन गर्ने अवस्था नरहेको बताएका छन् । हजारौं कामदारलाई रोजगारी दिँदै आएको कृषिजन्यवस्तुको कच्चा पदार्थमा आधारित जूट उद्योगले निर्यात गर्ने जुट गुड्समा भारत सरकारले एन्टीडम्पींग ड्यूटी लगाउने तरखरमा रहेको समेत ध्यानाकर्षणमा उल्लेख गरेका छन् ।

समयमै यसको निराकरण गरिएन भने यी उद्योगहरु बन्द हुनुका साथै हजारौं कामदार वेरोजगार हुने, उद्योगको करौंडौं रकम डुब्नुका साथै सरकारको राजश्व र बैंकमा समेत असर पर्ने उद्योगीको भनाई छ । /उज्यालो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर