Aamsanchar

संविधान संशोधन हुन दिँदैनौः ओली, भन्छन्- ‘संशोधनका कुरा गर्ने पागल हुन्’

Author Image
शनिवार, कार्तिक २७, २०७३

उदयपुर :

KP-oli-240x152

नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएका छन्।

शनिबार नेकपा एमाले उदयपुर कटारी नगर समितिले गरेको आमसभालाई सम्बोधन गर्दै ओलीले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताएका हुन्। ओलीले कसैलाई खुसी पार्न र कसैको चित्त बुझाउन संविधान संशोधन नहुने ठोकुवा गरे।

‘संविधान कार्यान्वयनको बेला संविधान संशोधनका कुरा गर्ने पागल हुन्’, अध्यक्ष ओलीले भने, ‘पागल र टट्टुको भर नपर्नू संविधान संशोधन हुँदैन।’ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस राष्ट्रघाति भएर सरकार गिराउन मधेसीसँग सम्झौता गरेको ओलीको भनाई थियो।

‘मेरो नेतृत्वको सरकार जनताको सरकार जनताको थियो’, अध्यक्ष ओलीले भने, ‘जनताको सरकार नचाहने माओवादी केन्द्र र कांग्रेसले मधेस आन्दोलन गरेर दशै ठप्प पार्नेसँग सम्झौता गरे।’

ओलीको भनाईमा मधेसी दलको माग अनुसार अबका दिनमा प्रदेशको सीमांकन र नामांकन समेत बदलिने छैन। रेलमार्ग बनाउन, ठूला सडक आयोजन बनाउन, जलविद्युत लगातयका देश विकासका काममा एमाले अन्य पार्टी भन्दा अग्रसर भएको ओलीले दावी गरे।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर