Aamsanchar

आन्दोलनलाई सशक्त बनाउने निर्णय

Author Image
सोमवार, कार्तिक २९, २०७३

दमक।

7-Pradesh-_jhapa
जिल्ला नेताहरुले गरेको निर्णय बिपरित झापाको क्षेत्र नं. ७ का राजनीतिक दलहरुले दमकलाई उपमहानगरपालिका बनाउनु माग गर्दै गरेको आन्दोलनलाई थप शशक्त बनाउने संघर्ष समितिले निर्णय गरेको छ ।

आइतवार दमकमा भएको भेलाले माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्ने र बार्ता समेत गर्ने बताइएको छ । लखनपुर र तोपगाछीलाइ मिलाएर दमक उपमहानगरपालिका बनाउन माग गर्दै शुरु भएको आन्दोलनले उग्ररुप लिन थालेपछि आन्दोलनतरत पक्षलाई जिल्ला बिकास समितिले बार्तामा बोलाएको थियो ।

वार्तासंगसंगै आन्दोलन गर्ने निर्णय भएको नेकपा माओबादी केन्द्रका नेता एवं संघर्ष समितिका संयोजक गगन पुरीले बताए । शनिबार झापाको दमकमा एक छलफल कार्यक्रममा स्थानीय बिकास अधिकारी, झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाइएपनि उनिहरु आएका थिएनन् ।

उनीहरुले अन्तिम समया जनतासंग बोल्न डराएर नआएको र यसको मूल्य उनीहरुले चुकाउनु पर्ने स्थानीयहरुले बताएकाछन् । दमक नगरपालिकालाइ साविक नै राख्ने र संगै जोडिएको लखनपुर र तोपगाछी मिसाएर नयाँ गाउ पालिका बनाउने संख्या तथा सिमा निर्धारण आयोग जिल्ला प्राविधिक सहयोग समिति झापाले सिफारीस गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर