Aamsanchar

झापाली डार्लिङको म्यूजिक भिडियो राजधानीमा सार्वजनिक

Author Image
सोमवार, कार्तिक २९, २०७३

झापा ।

15058571_1468500913179704_1483084605_n

झापाली चेली बेली डान्सर कमला सापकोटाको म्यूजिक भिडियो ‘डार्लिङ’ सार्वजनिक भएको छ ।

बेली डान्सरको नामले चिनिएकी कमला सापकोटाको डार्लिङ काठमाडौंमा सार्वजनिक भएको छ । आइतबार आयोजित एक समारोहका बीच गायिका जुना प्रसाई र प्राश्ना शाक्यले कमलाको डार्लिङ सार्वजनिक संयुक्त रूपमा सार्वजनिक गरे ।
इजरायलमा बस्दा वेली डान्स सिकेकी कमला नेपाल फर्के लगत्तै कला क्षेत्रमा होमिएकी थिइन् । कमला सापकोटाको डार्लिङमा आफ्नै शब्द संगित रहेको छ । विकास भूजेलको संगित संयोजन रहेको यो म्युजिक भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने सापकोटाले जनाएकी छिन् ।
म्युजिक जोयले बजारमा ल्याएको गीत डार्लिङको भिडियोमा झापाली गायिका सापकोटासँगै मोडल पवन पाठकले कम्मर मर्काएका छन् । पाठक पनि झापा बुधबारेकी हुन् । सो म्युजिक भिडियोमा विज्ञान उदास र दिप्सन भट्टराई रहेका छन् । गीतको म्यूजिक ज्ञानेन्द्र शर्माको छायांकन, प्रविन श्रेष्ठको सम्पादनलाई पासाङ योञ्जन लामाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर