Aamsanchar

सांगतिक क्षेत्रको बहुभुखी प्रतिभाका सन्तोष

Author Image
बुधवार, मंसिर १, २०७३

झापा ।

unnamed (1)

यदि संगीतमा नलागेको भए उनी अहिले विदेशतिर वा घरगाँउमा घुमफिर गरिरहेका हुन्थ्ये होला सायद वा अझ कुनै पेशा रोजेर कुनै न कुनै काम गरिरहेका हुनसक्थे । घर गाँउमा रहेर सामाजिक काम गर्न वा अन्य कुनै पेशा रोज्ने दुबिधाता बिच उनले संगीतमा एकाग्रर गरे सँगै नेपाली संगीतमा उदाउँदो तारा बनेर वर्तमानमा देखा परे ।

अहिले सन्तोष आले मगर नेपाली संगीतमा उदाउदो प्रतिभावका रुपमा देखा परेका छन् । नेपाली संगीतमा अलग परिचय बनाएका छन् गायक सन्तोष आले मगरले । नेपाली सुगम संगीतको मूलधारमा एउटा प्रचुर संम्भावना भएका गायकका रुपमा हेरिन्छ अहिले सन्तोष आले मगरलाई ।
बाल्यअवस्था देखि नै गीत संगीत प्रति गहिरो झुकाव भएका गायक मगरले खुदुनाबारीको जनता उच्च मा.वि. बाट एस.एल.सी प्रास गरेपछि संगीतमा जमेर लाग्ने सोचमा ललित कला क्याम्पस काठमाण्डौंमा थप शिक्षाका लागि लम्के । १२ कक्षा पनि संगीतमा नै प्रास गरे ।

बरिष्ठ गायक एंवम संगीत शिक्षक ईश्वर अमात्यसँग उनले सांगतिक शिक्षा दिक्षा लिए । विद्यालदेखि नै संगीतमा लागिपरेका गायक मगरले पहिलो पटक आफ्नै रचना,संगीत र स्वरमा प्रिया प्रिया बोलको गीत गाएपछि पछाडि फर्केर हेर्नपरेन । लगत्तै फेरि तिम्रो हेराईमा,मायाको झरि,यो रक्सी गीतले रातारात हिट बनाइदियो ।
८ वर्ष संगीत क्षेत्रमा साधना गरेका उनले दुई दर्जन जति रचना,स्वर,संगीत गर्न भ्याईसकेका छन् । गीत संगीतमा उच्च प्राथामिकता दिने गायक मगरले शब्द,संगीतमा राष्टिय कलाकारहरु रजिना रिमाल,दिपालामा समेतले स्वर दिईसकेका छन् । हालसालै समधुर स्वरका धनी गायक मगरले खगेन्द्र अधिकारीको रचनामा गायक स्वयमको स्वरमा लोकप्रिय पाश्र्व गायिका दिपा लामासँग युगल गाईसकेका छन् ।

वास्तवमा म संगीतकै लागि जन्मिएको हँु र संगीतभन्दा अर्को केही छैन् भन्ने मलाई अनुभव भयो,म गायन छोडेर विदेशतिर पनि जान्न पूर्वाञ्चलसँग कुराकानीको क्रममा उनले सुनाए । उनको सांगीतिक यात्रा अहिलेसम्म कुनै बन्धनमा परेको छैन् रे । घरमा पनि गायक मगरका बुबा संगीत राम्रो बुझेको उनलाई सधैंबह उत्साह थपिरहे ।

गायक मगर भन्छन् परिवार मेरो आयआर्जन प्रति सन्तृष्ट छैन् तर प्रेरणा भने अत्यन्तै राम्रो छ । गायक मगरले आफनै गाँउ ठाँउ जन्मभूमिको खुदुनाबारीको बारेमा समेत गीत गाईसकेका छन् । जसमा तोरण श्रेष्ठले रचना दिएका छन् भने गायक मगरको आफनै स्वर र संगीत रहेको छ । खुदुनाबारीको बोलको गीतले खुदुनाबारीमा गायक मगरको थप परिचय स्थापित गर्यो । अत्यन्तै व्यस्त रहने गायक मगर सांगीतिक प्रस्तुतीका लागि नेपाल र भारतका विभिन्न स्थानमा पुगिसकेका छन् । हजारौं दर्शक र श्रोतामाझ आपनो कर्णप्रिय स्वर प्रस्तुत दिईसकेका छन् उनले । हामीले देश विदेश जहाँ रहेका पनि दर्शक या श्रोतालाई दिने निस्वार्थ माया र प्रेम हो ।

मैले विभिन्न ठाँउमा सांगीतिक क्षेत्रमा पुगेर प्रस्तुति दिन पाउनु सुनौलो अवसर अनि गौरभ ठानेको छु । संगीतमा नै आपनो सबैकुरा भएको र यसैबाट आपनो जीवन चलिरहेको सुनाउने उनी आपनौ खुदुनाबारीको बोलको गीतको भिडियोको तयारीमा यतिबेला जुटिरहेका छन् । आगामी दिनहरुमा उनका गलाको रङ्ग आउन लागेका बताए ।

चुनौति र आरोह र अवरोहबीचमा अहिलेसम्म संगीतमा केही न केही नयाँपन दिईरहेको उनी बताउँछन् । अर्कोतिर अहिले दैनिक नेपाली संगीतमा प्रवेश हुन लागेका लाई उनी केही न केही सिकेर आउन सल्लाह दिन्छन् । संगीतमा आउनु खुबै राम्रो हो तर संगीत क्षेत्रलाई केही महत्वपूर्ण योगदान दिने प्रकारले आउदा आफैलाई पनि टेवा पुग्ने हुन्छ उनी भन्छन् ।

समयको मागसँगे मानिस परिवर्तनशिल हुनुपर्ने राम्रो सँग बुझेका नेपाली संगीत क्षेत्रमा चिरपरिचित उदाउदो एक हस्ती मगरले आफू संगीतबाट आत्मसन्तृष्ट रहेको बताउँछन् । किनकि हामी जुन काम गछौं त्यसबाट सन्तृष्ट लिन सक्नुपर्छ,निरन्तर अघि बढ्नु पर्छ,लड्यो भने उठ्नु पर्छ,उठेपछि किन लडेभनेर शिक्षा लिनुपर्ने उनी बताउँछन् ।

२८ वर्षका युवा गायक मगर बुबा भोजराज आले मगर र आमा दिलमाया आले मगरको माइलो सुपुत्रको रुपमा खुदुनाबारीमा जन्मेका हुन् । गाउने शैली र क्षमताको दृष्टिकोणले एउटा अब्बल कोटीको गायकमा हुनुपर्ने गुण भएका सन्तोष शितल र शान्त प्रकृतिका छन् । रचना,शब्द,गायन तीनै विधामा अब्बल गायक सन्तोष नेपाली संगीत आकाशमा चम्किलो नक्षत्रको रुपमा चम्किरहुन चम्कदै जाउँन हाम्रो शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर