Aamsanchar

सन्नी लियोन बीबीसीको विश्वकै ‘चर्चित सय महिला’को सूचीमा

Author Image
बिहिवार, मंसिर ९, २०७३

काठमाडौंः

sunny-leone-5836cd6b8f4c27.99325851

पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोन विश्वका चर्चित एक सय महिलाको सूचीमा परेकी छिन्।

३५ वर्षीया सन्नी लियोनलाई बीबीसीले विश्वकै एक सय चर्चित महिलाको सूचीमा राखेको हो। सन्नी पोर्न स्टारबाट सन् २०११ मा रियालिटी शो ‘बिग बोस’मा प्रवेश गरेकी हुन्। त्यतिबेला सन्नी पोर्न स्टार नै थिइन्। बिग बोसको रियालिटी शो पछि उनी भारतमै आफ्नो पहिचान बदलिन् त्यो हो पोर्न स्टारबाट अभिनेत्री।

सन्नीले सन् २०१२ मा ‘जिस्म’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी हुन्। बलिउड अभिनेत्रीको पहिचान बनाएकी सन्नीले अहिलेसम्म ‘ज्याक पट’, ‘रागिनी’, ‘एमएमएस–२’, ‘एक पहेली लीला’, ‘मस्तीजादे’ र ‘वनन नाइट स्टान्ड’ फिल्म काम गरिसकेकी छिन्। क्यानडामा जन्मिएकी सन्नी सन् २०११ यता भारतमा बस्दै आएकी छिन्। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)