Aamsanchar

लोकप्रिय बजेटसँग तर्सनु पर्दैन- डा महत

Author Image
शनिवार, जेठ १५, २०७३

भक्तपुर।

prakash-saran-mahat

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले ल्याउन लागेको लोकप्रिय भनेर चर्चा गरिएको बजेटदेखि काँग्रेसले तर्सनु नपर्ने बताउनुभएको छ ।

काँग्रेस मध्यपुर थिमिनगर समितिले आज यहाँ आयोजना गरेको नगरस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सरकारको लोकप्रिय भनिएको बजेटदेखि तर्सनु पर्दैन, यो बजेट आउँछ तर कार्यान्वयन हुँदैन भन्नुभयो ।

काँग्रेस सत्तामा जाने अवसरको प्रतीक्षामा रहेको बताउँदै नेता डा महतले भन्नुभयो˗“काँग्रेस सधैँ प्रतिपक्ष बस्छ भन्ने छैन, गणपूरक सङ्ख्या पुगेको दिन सत्तामा जान्छ, त्यसको प्रयास भइरहेको छ ।’’

कार्यक्रममा काँग्रेसका अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती रहेकाले यसतर्फ सबै केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । त्यस काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, पूर्वजिल्ला सभापति गणेशमान चक्रधर र महेश श्रेष्ठ, महासमिति सदस्य मदनकृष्ण श्रेष्ठ, काँग्रेस क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतले काँग्रेसलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीलाई पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा र उत्तरकमार चापागाईँले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर