Aamsanchar

प्रचण्ड–बादललाई भारत र अमेरिकाले मिलायोः वैद्य

Author Image
शनिवार, जेठ १५, २०७३

चितवन–

Baidhaya

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले भारतीय विस्तारवादी र पश्चिमा साम्राज्यवादी शक्तिले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् ।

वैद्यले क्रान्तिकारी शत्तिलाई नेपालबाट उन्मुल पार्ने षड्यन्त्रअन्तर्गत साम्राज्यवादी र विस्तारवादीले रामबहादुर थापा ‘बादल’ समूह प्रचण्ड नेतृत्वको माओवादीमा बिलिन हुने पुगेको आरोप लगाए ।

दक्षिणपन्थी हावाले बादलसिहतका कमजोर धरातलमा उभिएका नेता ढलेको उनको भनाइ थियो । ‘नेपालमा क्रान्तिकारी शक्तिलाई कमजोर पार्ने षड्यन्त्रअन्तर्गत हाम्रो पार्टी फुटाइयो’, शनिबार चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, ‘दक्षिणपन्थी हावाले हाम्रा केही कमजोर साथीहरुलाई ढाल्यो ।’

सिद्धान्त र विचारमा एकरुपतमा कायम गरेर एकतामा जाने योजना हुँदाहुँदै बादलले हतारो गरेर एकता गर्नुलाई गम्भीर रुपमा लिएको उनले उल्लेख गरे । वैद्यले जनयुद्ध लडेका कार्यकर्ता धमाधम जेल जान थालेको भन्दै क्रान्ति सम्पन्न भएको दाबी गर्ने प्रचण्डले त्यसको जवाफ दिनुपर्ने बताए ।

‘प्रचण्डजीहरु जनवादी क्रान्ति सम्पन्न भयो भन्नुहुन्छ, तर जनयुद्ध लडेका कार्यकर्ता धमाधम जेल जानुपर्ने अवस्था आएको छ’, वैद्यले भने, ‘क्रान्ति सम्पन्न भएको भए किन कमल थापाजस्ता पूर्वपञ्चसँग मिलेर सरकार बनाउनुपथ्र्यो ?’ वैद्यले आफ्नो पार्टीले बोकेको दर्शन र सिद्धान्त सही रहेको जिकिर गर्दै यही पार्टीको नेतृत्वमा क्रान्ति सम्पन्न हुने दाबी गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)