Aamsanchar

“मुलुकमा भ्रष्टाचार मौलायो”

Author Image
सोमवार, मंसिर १३, २०७३

काठमाडौँ।

Corruption

नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।  हाम्रो देशमा नीतिगत भ्रष्टाचार, नियोजित भ्रष्टाचार, निर्देशनात्मक भ्रष्टाचार, आर्थिक भ्रष्टाचार तथा भौतिक एव्म सामाजिक भ्रष्टाचार गरी पाँच प्रकारका भ्रष्टाचार अत्यधिक मौलाएको सो सस्थाले जनाएको छ ।

सो अबसरमा भ्रष्टाचार, घुसखोरी, कालोबजारी, राजस्व छलीजस्ता अनुचित क्रियाकलापबाट हुने रकम मुलुकको ढुकुटीमा बचत गराउने आफ्नो संस्थाको अन्तिम लक्ष्य भएको संस्थाका अध्यक्ष रामकुमार ठाकुरले बताउनुभयो ।

उहाँका अनुसार, देशको संविधान तथा कानुनको अधिकतम प्रयोग गरी पाँच प्रतिशत मानिसले मात्र फाइदा उठाइरहेको र अरु ९५ प्रतिशत नागरिक तिनै कानुनका कारण पीडा भोग्नु परिरहेका छन् । धनी तथा राजनीतिक पहुँचका आधारमा न्याय प्रभावित हुने गरेको आरोपसमेत अध्यक्ष ठाकुरले लगाउनुभयो ।

उहाँले युनिटी लाइफ इन्टरनेसनल कम्पनीका निर्देशक विश्वनाथ गौतम निर्दोष भए पनि विगत छ वर्षदेखि उहाँलाई जेलमा राखेकोमा दुःख व्यक्त गर्नुभयो ।  निर्देशक गौतमकी पत्नी दीपा गौतमले पतिको रिहाइको माग गर्दै विगत छ महिनादेखि धर्नामा बस्दै आएको भएपनि कुनै सुनुवाई नभएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । ।

कम्पनीका अध्यक्ष काशीप्रसाद गुरुङले सञ्चालक समितिका सबै सदस्य निर्दोष रहेको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर