Aamsanchar

मुलुक ठूलो दुर्घटनाको खतरामाः प्रचण्ड

Author Image
सोमवार, मंसिर १३, २०७३

बनेपाः

Puspakamal_dahal_380025590

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक ठूलो दुर्घटनाको खतरामा रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बढ्दो राजनीतिक स्थिरताका कारण संविधान कार्यान्वयनका लागि थप चुनौती उत्पन्न भएकाले मुलुक ठूलो दुर्घटनामा पर्ने खतरामा रहेको बताएका हुन्।

सोमबार काभ्रेको धुलिखेलमा काठमाडौं विश्वविद्यालयको २२ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू भूकम्पको केन्द्रविन्दुमा बसेर काम गरिरहेको बताए।

उनले भने,‘म अहिले भूकम्पको केन्द्रविन्दुमा बसेर काम गरिरहेको छु। मुलुकको समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक छ।’ प्रधानमन्त्री प्रचण्डले समाजका निम्ति उपयोगी काम गर्न महत्वकांक्षी योजना लिएर अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे।

उनले सरकारले दीक्षित विद्यार्थीबाट सरकारले ठूलो अपेक्षा समेत राखेको बताए।

काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर