Aamsanchar

यो तस्वीरले विप्लपलाई तनाब, पार्टीमा खैलाबैला

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

काठमाडौं ।

नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले चन्दा उठाएको पैसाले छोरालाई महंगो बाइक किनेको भन्दै समाचार आएपछि विप्लवलाई तनाव भएको छ ।

विभिन्न अनलाइनमा उनका छोरा प्रकाश चन्द हार्लेडेविडसन ब्राण्डको महंगो बाइकमा चढेको तस्विर सहित समाचार प्रकाशित भएपछि विप्लवले सामाजिक सञ्जाल फेसबुकबाट समाचार प्रकाशित गर्नेलाई चेतावनी दिएका छन् ।

biplav-son
समाचारमा यो तस्विर प्रयोग गरिएको भएपनि नेपाली हेडलाइन्सले तस्विर र यसको वास्तविकता पुष्टि गर्न सक्दैन- सम्पादक

विप्लवले चन्दा उठाएको पैसाले छोरालाई ५० लाखको बाइक किनिदिएको भन्दै समाचार आएपछि उनले यो स्ट्याटस लेखेका हुन् ।

चन्दले छोरा प्रकाशलाई ५० लाखको बाइक किनिदिएपछि चन्दभित्रका इमान्दार कार्यकर्तामा बेचैनी बढेको र लोभी पापीहरु विप्लवलाई देखाएर ठगी धन्दामा व्यस्त भएको भन्दै असन्तुष्टी बढेको ब्यहोरा सहितका समाचार केही सञ्चार माध्यममा आएका थिए ।

यता विप्लवले भने चेतावनी दिँदै फेसबुकमा भनेका छन्, “सायद तपाइलाई कसैले दुरुपयोग गर्दै छ । तपाइको समाचार सहि भए सवै वस्तु तपाइकै हुने छन । यदि त्यो सहि नभए तपाइलाई के गर्ने ?”

फाइल तस्बिर
फाइल तस्बिर
यो समाचारको आधिकारिकता पुष्टीगर्न चुनौती दिँदै विप्लवले समाचार सत्य नभए के भन्ने प्रश्न गरेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर