Aamsanchar

संशोधनको कुरा मात्रै हुदैन

Author Image
मङ्गलवार, मंसिर १४, २०७३

भद्रपुर।

Agni-Kharel

नेकपा (एमाले)का नेता एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले संविधान कार्यान्वयनका लागि इमान्दार प्रयत्न नगरी संशोधनको कुरा मात्रै गरिरहेको बताउनुभएको छ ।

प्रेस क्लब भद्रपुरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले केही महत्वपूर्ण विषय बाहेक संविधानलाई अरु प्रावधानलाई संशोधन गर्न सकिने तर कार्यान्वयनमा नै नलगी संशोधन गर्न खोज्नु राष्ट्र हितको पक्षमा नभएको बताउनुभयो ।

नेता खरेलले राष्ट्रको महत्वपूर्ण पदमा अङ्गीकृत नागरिकलाई जान दिन नहुने धारणा व्यक्त गर्नुभयो ।

प्रादेशिक सीमा हेरफेर गर्ने विषय पनि राष्ट्र हितमा नभएको उहाँको भनाइ थियो । संविधानको इमान्दार कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचन सम्पन्न गर्नेतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर