Aamsanchar

शान्ति मन्त्रि यादवद्धारा शालिकको आवलोकन

Author Image
बुधवार, मंसिर १५, २०७३

शान्तिनगर,

Sita-Devi-Yadab

शान्ति तथा पुर्ननिर्माण मन्त्रि सीतादेवी यादवले द्धन्द्धका पिडितहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

मेची अञ्चलकका विभिन्न जिल्लाको कार्यक्रममा सहभागि भएर र्फकने क्रममा आज झापाको शान्तिनगर–६ मा रहेको याम आर्चाय प्रतिष्ठानद्धारा निर्माण गरिएको आर्चायको शालिकको आवलोकन गर्दै उनले सशस्त्रद्धन्द्धका समयमा ज्यान गुमाएकाहरुको समस्याका परिवारलाई राज्यले उचित राहत प्रदान गर्ने बताएकी छन् ।

उनले द्धन्द्धको समयमा धेरै निर्देष जनताले अनहाकमा ज्यान गुमाउनु परेको भन्दै अब त्यस्तो परिस्थिती हुन नहुने विचार ब्यक्त गरेकी छन् ।

मन्त्री यादवले संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुको विकल्प नभएको भन्दै संशोधनको पक्षमा एमाले पनि सहभागि हुने विश्वास ब्यक्त गरेकी छन् ।

मन्त्री यादवले शान्तिनगरमा नै रहेको राष्ट्रिय विजय माविको कम्पाउड वालका लागी मन्त्रालयको तर्फबाट सहयोग गर्ने आश्वासन समेत दिएकी छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 113

प्रतिक्रिया (०)

सम्बन्धित खबर