Aamsanchar

‘सकारात्मक परिवर्तनका लागि नेपाल जेसीजमा मेरो उम्मेदवारी’

Author Image
शुक्रवार, मंसिर १७, २०७३

kailash khaaki

कैलाश खाकी श्रेष्ठ

नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षका  उम्मेदवार

ताप्लेजुङ जिल्लाको तेल्लोकमा २०३६ सालमा पिता स्व. चन्द्रबहादुर खाकी श्रेष्ठ र माता चन्द्रकला भट्टराईको कोखबाट जन्मिएका कैलाश खाकी श्रेष्ठ विराटनगरको सामाजिक क्षेत्रमा चिनिएको नाम हो ।
ताप्लेजुङमा जन्मिए पनि विराटनगरलाई आफ्नो कर्मथलोको रुपमा अंगीकार गरेर यहाँको सामाजिक काममा सक्रिय रहँदै आफ्नो ब्ययवसायिक जीवनसमेत अगाडि बढाइरहेका छन् श्रेष्ठ । सामाजिक कामका लागि विराटनगरमात्र नभएर नेपालभरि नै परिचित छन् श्रेष्ठ । उनी लीयो बहुजिल्ला परिषद्को राष्ट्रिय अध्यक्ष, विराटनगर जेसीजका पूर्व अध्यक्ष, विराटनगर मेटो लायन्स क्लबको संस्थापक अध्यक्ष, काठमाडौं मोडेल अस्पतालको पूर्वाञ्चल क्षेत्रीय संयोजक, इडेनवर्ग इन्टरनेशनल कलेजको सञ्चालक लगायत थुप्रै सामाजिक संघ–संस्था तथा ब्यापारिक फर्मसँग आवद्ध रहेका छन् । उनले जनवास्थ्य (एमपीएच) र स्वास्थ्य शिक्षा (एमएड) विषयमा स्नातकोत्तर तथा सीएम.एचए. अस्पताल ब्यवस्थापनमा समेत डीग्री हासील गरेका छन् । सन् २००२ देखि विराटनगर जेसीजमा प्रवेश गरेका उनी पूर्व अध्यक्ष हँुदै अहिलेसम्म पनि जेसीज अभियानमा सक्रिय छन् ।
हाल विराटनगर– ५ मा स्थायी बसोेबास गर्दै आएका श्रेष्ठ १८ देखि ४० वर्षका युवाहरुको संलग्नता रहेको नेतृत्व र ब्यक्तित्वको विकास गर्ने संस्था नेपाल जेसीजको कार्यकारीणी उपाध्यक्षमा ‘परिवर्तन सम्भव छ’ भन्ने नारासहित उम्मेदवारी दिएका श्रेष्ठसँग उम्मेदवारीको सेरोफेरोमा गरिएको कुराकानी ः–

तपाई जेसीजमा कहिलेबाट कसरी र कस्को प्रेरणाले प्रवेश गर्नुभयो ?
२००२ मा एचए पढदै गर्दा मैले चलाएको एउटा कार्यक्रम वाट प्रभावीत भएर मेरो शिक्षक देवेस प्रदानले यस्तो मानीस जेसीजमा चाहीन्छ भनेर मलाइ विराटनगर जेसीजमा प्रवेस गराउनु भएको हो ।
 जेसीज के हो ?
जेसिज ब्यक्ती को ब्यक्तीत्व तथा नेतृत्व विकास गर्ने सस्था हो ।यसका चारवटा क्षेत्र हुन्छन ,ब्याक्तीगत, समुदाय, अन्तराटिय र ब्यबसाय यी चार क्षेत्रमा काम गर्दछ ।
जेसीजमा लागेर तपाईले के पाउनुभयो ?
पहिलो कुरा त नेतृत्व लिने अवसर प्राप्लत गरे त्यसका अलावा मैले तालीम ,साथी भाइ र भातृत्व सगै समाज बुझने मौका पाएको छु ।
नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष पदमा तपाईको उमेद्वारी किन ?
नेपाल जेसीजमा परीवर्तनको खाचो छ , जुुन कुरा मैले १५ वर्षको जेसीज अभियानमा देखेको छुु ,परीवर्तन सम्भव छ । जस्का लागी शाखाा भ्र्मण बहुु शाखा तालीम ,शाखाको लागी आर्थीक व्यावस्थापन ,अन्तराटिय सग प्रतीस्पर्धा गर्न सक्ने कार्यक्रमहरु लगायत विधीको सासनमा ध्यान दिन जरुरी छ । यी लगायत जेसीजमा सकारात्मक परीवर्तनका लागी मेरो उमेदवारी नितान्त आबश्यक देखीएको ले मैले उमेदवारी दिएको हो ।
 यसअघि पनि उठेर उपविजेता बन्नुभएको थियो तर तपाईले राष्ट्रिय कार्यकारीणी उपाध्क्षमा यो पटक जित्ने आधार के छन् ?
हो अघिल्लो पटक म थोरै मतले उपविजेत ाबनेको थीए ,त्यसबेला साथीहरुको मन जिते तर मत जितीन यो पटक शाखा भ्रमण,जेससीज लगायत अन्य ब्यक्त्तीत्वहरु सगको समन्वय, ससाखाहरुमा प्रसीक्षण प्रदान , विभीन्न् संघस्स्थाहरु सगको आवद्धता र नेपाल जेसीजका लागी परीवर्तनको क्षमता बोक्न सक्निे ब्यक्त्ीको आबश्यकता नै मेरो जित्ने आधार हो र यो पटक मन सगसगै मत पनि जित्ने कुरामा विश्वस्त छु ।
तपाईको उमेद्वारीप्रति जेसीज मित्रहरुको प्रतिक्रिया के छ ?
जेसीज एउटा अभीयान हो ,अभियानमा जो सहभागी हुन्छ उ अगाडी बढछ ,अगाढी वढाउन आम मानीसको हात रहन्छ त्यसैले यो परीवर्तनको सम्वाहक कैलास खाकी श्रेष्ठलाइ नेपाल जेसीजको परीवर्तनका लगी यो पटक जिताउनु पर्छ भन्ने छ ,सबैले मत दिन्छु भन्नु भएको छ र नेपाल जेसीजमा आउनुपर्छ भन्नु भएको छ ।
तपाई यदि नेपाल जेसीजको राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष बन्नुभयो भने के गर्नुहुन्छ ?
नेपाल जेसीजमा परीवर्तनको खाचो छ , जुुन कुरा मैले १५ वर्षको जेसीज अभियानमा देखेको छुु ,परीवर्तन सम्भव छ । जस्का लागी शाखाा भ्र्मण बहुु शाखा तालीम ,शाखाको लागी आर्थीक व्यावस्थापन ,अन्तराटिय सग प्रतीस्पर्धा गर्न सक्ने कार्यक्रमहरु लगायत विधीको शासनमा ध्यान दिन जरुरी छ । यी लगायत जेसीजमा सकारात्मक परीवर्तनका लागी म काम गर्ने छु ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर