Aamsanchar

राप्रपाः फागुन ६ देखि ९ गतेसम्म महाधिवेशन प्रस्ताव

Author Image
शुक्रवार, मंसिर १७, २०७३

काठमाडौँ ।

Pashupati-and-Kamal

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्न प्रस्ताव गरिएको छ ।

राप्रपाका नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको शनिबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सो प्रस्तावमा छलफल गरिने छ ।
त्यसैगरी पार्टीको स्थानीय तहको निर्वाचन कार्यतालिका तथा निर्देशिकाबारे पनि बैठकमा छलफल गरिने
छ । बैठकमा मुलुकको समसामयिक विषयवस्तुका साथै संविधान संशोधनको प्रस्तावमा पार्टीको धारणा निर्माण गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

काठमाडौँ जिल्ला समितिका अध्यक्षमा नवराज सिंखडा र उपाध्यक्षमा जगतसागर महर्जनलाई मनोनयन गरिएको छ । यसअघि सिंखडा राप्रपा नेपाल र महर्जन राप्रपा निकट समितिका अध्यक्ष हुनुहुन्थ्यो ।

सो अवसरमा पार्टीका नेता निरञ्जन थापाले देशव्यापी रुपमा पार्टी निकट जनवर्गीय सङ्गठनलाई सुदृढ गरी पार्टीलाई मुलुकको अग्रस्थानमा पु¥याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । अहिलेसम्म ३० भन्दा बढी जिल्लामा समिति गठन भइसकेको तथा बाँकी जिल्लामा यही मङ्सिर २५ गतेसम्म गरिने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर