Aamsanchar

संविधान संशोधन प्रस्ताव बाँदरको घाउ जस्तै

Author Image
शुक्रवार, मंसिर १७, २०७३

काठमाडौँः

yogesh-bhattarai--UML-Leader-57af271440d9b1.12528862

एमाले सचिव योगेश भट्टराईले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावले मुलुकलाई अस्थिरता र अन्योलतर्फ धकेल्ने बताएका छन् ।

राजधानीमा पत्रकारसँग भेटघाट गर्दै एमालेका प्रचार विभागका प्रमुखसमेत रहेका भट्टराईले तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता भट्टराईले संविधान संशोधन बाँदरको घाउ सरहल हुने बताए । ‘संविधान कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नुपर्नेमा औचित्य र आवश्यकताबिनाको संशोधन बाँदरको घाउसरह हुन्छ’, भट्टराईले भने ।

कार्यान्वयनको अभ्यासमै नगई सीमाङ्कनको हेरफेर गरिनु संविधानको भावनाविपरीत भएको भन्दै उनले एमालेले आन्दोलनबाट संविधान संशोधनको प्रस्ताव असफल बनाउने नीति लिने बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर