Aamsanchar

             सिस्नुपानीको ‘दुई थोपा हाँसो’

Author Image
सोमवार, जेठ १७, २०७३

2 thopa

[भरत शिवाकोटी]

यूएई ।

एनआरएन युएईको आयोजना तथा नेपाली दूतावास र झापाली समाज यूएईको सहयोगमा सिस्नुपानी नेपालको प्रस्तुति ‘दुई थोपा हाँसो’ को पहिलो प्रर्दशन युएईको दुवईमा सम्पन्न गरिएको छ । गत जनवरीपछि पहिलो पटक आयोजना गरिएको सार्वजनिक कार्यक्रममा उल्लेख्य रुपमा नेपालीहरुको सहभागिता थियो भने खुल्ला कार्यक्रम भएको हुनाले गैर नेपालीहरुको पनि उपस्थित थियो ।

व्यङ्ग्य कवि टंक आचार्यको समसामयीक प्रस्तुतिलाई सहभागी दर्शकहरुले निक्कै मन पराएका थिए भने हास्यव्यङ्ग्य क्षेत्रका सदावहार कलाकार मनोज गजुरेलको रोचक र घोचक प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरन्जनका साथ पेट मिचीमिची हँसाएको थियो । दुबईको जेबलअलीको पार्को मार्केट नजिकै रहेको क्यूबीजी लेबरक्याम्पमा विहीबार साँझ आयोजना गरिएको उक्त कार्यक्रममा योगगुरु डा. राजु अधिकारीले स्वस्थ जीवनयापनका लागि उपयोगी योगका साधनाबारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा एनआरएनका सल्लाहकार निमेश गिरी,नेपाली समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, झापाली समाजका संरक्षक हेमन्त पौडेल लगायत यूएईमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । बढदो गर्मी सँगै दिनभरिको कामको थकानलाई प्रवाह नगरि कार्यक्रममा उपस्थित भएका दर्शकहरुले कार्यक्रम प्रभावकारी एवम चेतनामुलक भएको र यस्ता कार्यक्रमहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरेका छन ।

चरणबद्द रुपमा हुने यो कार्यक्रम २७ मे दिउँसोको समयमा रास अलखेमाको अलघेलमा र साँझ दुबईको अलकुजको एमिरल क्याम्पमा हुँदैछ भने २८ मे शनिबार अजमानको सिभिल डिफेन्स नजिकै रहेको टास कम्पनीमा हुँदैछ ।

समाजका सामाजिक, राजनीतिक तथा अन्य धेरै विकृती,विसंङ्गती र बेथितिहरुलाई हाँस्यव्यंग्यको माध्यमबाट जागरण र चेतना फैलाउँदै लामो समयदेखी अनवरत रुपमा क्रियाशील सिस्नुपानी नेपालको यो कार्यक्रम नेपाली श्रमिकहरुका निमित्त मनोरन्जनपूर्णका साथै उत्साहमुलक रुपमा सफल भैरहेको जानकारी कार्यक्रम संयोजक तथा एनआरएन यूएईका उपाध्यक्ष रमेश श्रेष्ठले बताउनुभएको छ । निःशुल्क रुपमा सहभागी हुन सकिने यो कार्यक्रममा सहभागी हुनका निमित्त कलाकार मनोज गजुरेलले सम्भव भए सम्मका सम्पूर्ण नेपालीहरुलाई आहृवान गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर