Aamsanchar

नायक मन नपर्ने यी नायिका को हुन् ?

Author Image
मङ्गलवार, मंसिर २१, २०७३

Cy9hwvBUcAEV_ESबलिउडमा रिलेसनसिपलाई लिएर गसिप बन्नु नौलो भने होइन । कुनै नायिका कसैसँग दोहोर्‍याएर काम गर्छिन् भने त अफेयर्सको लख काट्नेका लागि सजिलो प्रमाण हुन्छ । परिणीति चोपडालाई फिल्म ‘लेडिज भर्सेस रिक्की बहल’ मा ब्रेक दिएका थिए निर्देशक मनीष शर्माले । उनै निर्देशकले परिणीतिलाई दोहोर्‍याए, ‘शुद्ध देशी रोमान्स’ मा । त्यहींबाट सुरु भएको थियो परिणीति र मनीषबीचको अफेयर्स हल्ला ।

‘मेरो कुनै पनि एक्टरसँग अफेयर्स हुने छैन’ भन्ने स्टेटमेन्ट दिएपछि परिणीतिलाई झनै निर्देशकसँग जोड्न थालिएको थियो । तर हालै करण जौहरको ‘कफी विथ करण’ टक सोमा परिणीतिले मनीषसँगको अफेयर हल्लाबारे मुख खोलेकी छन् ।

‘हामी दुईबीच डेटिङ चलिरहेको छ भन्ने हल्ला सधैं चल्दै आइरहेको छ,’ २८ वर्षीया नायिकाले भनिन्, ‘तर मलाई लाग्छ, अहिले ती सबै हल्ला मरिसके । अहिले हल्ला भन्छ, परिणीतिको सम्बन्धविच्छेद भइसक्यो र उनी डिप्रेस्ड छिन्, जुन कुरा हुँदै हैन ।’

तर करणले यदि त्यस्तै पो हो कि भनेर उठाएको शंकामा उनले थपिन्, ‘हैन । मलाई त्यस्तो केही भएकै छैन ।’

त्यसो त बलिउडका मोस्ट वान्टेड नायकहरू आदित्य रोय कपुर, वरुण धवन र सिद्धार्थ मल्होत्रासँगै काम गरे पनि कुनै हल्ला नचलेको उदाहरण दिँदै थपिन्, ‘किनभने म कुनै पनि नायकसँग डेट गर्न रुचाउँदिनँ ।’

त्यसो भए निर्देशकसँग ? करणले गरेको प्रतिप्रश्नमा परिणीतिले अनकनाउँदै भनिन्, ‘हैन । त्यो त मलाई थाहा छैन, तर नायकहरूसँग त कुनै पनि हालतमा हुन्न ।’ उनले एक्टरसँग आफ्नो सधैं फ्रेन्ड–जोन्ड रहने भन्दै गैरकलाकारसँग नै डेट जान रुचाउने बताइन् ।इकान्तिपुर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर